यस्ता छन् सरकारका १३ निर्णय
सरकारले सशस्त्र प्रहरी र नेपाल प्रहरीका दुई जना डीआईजीको बढुवासँगै विभिन्न १३ निर्णय गरेको छ।
सोमबार सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गरेका छन्। जेठ ६ गते बसेको मन्त्रिपरिषद् बैठकले स्थानीय चुनाव सफलतापूर्वक सम्पन्न भएको निष्कर्ष निकाल्दै यसमा सहभागी सबैलाई धन्यवाद दिएको छ।
यससँगै मन्त्रिपरिषद् बैठकले सशस्त्र प्रहरी नायब महानिरीक्षक (डीआईजी) नारायणदत्त पौडेललाई अतिरिक्त महानिरीक्षक (एआईजी) मा बढुवा गरेको छ। त्यस्तै, नेपाल प्रहरीका नायब महानिरीक्षक वसन्तकुमार लामालाई पनि एआईजीमा बढुवा गरेको छ।