दिलीपका हत्यारालाई कारबाहीको माग गरी काठमाडौंमा प्रदर्शन
वातावरण संरक्षणमा सक्रिय धनुषाको मिथिलाका दिलीपकुमार महतोको हत्यामा संलग्नलाई कारबाहीको माग गर्दै काठमाडौंमा प्रदर्शन गरिएको छ।
अधिकारकर्मी तथा युवाले शनिबार काठमाडौंको माइतीघर मण्डलमा प्रदर्शन गरेका हुन्। उनीहरूले दिलीपलाई न्याय दिन, हत्यारालाई कारबाही गर्न माग गरेका छन्। यससँगै उनीहरूले दिलीपलाई वातावरण शहीद घोषणा गर्न माग गरेका छन्।

त्यस्तै, देशभर अवैध रूपमा सञ्चालित क्रसर उद्योग बन्द गर्न पनि सरकारलाई आग्रह गरेका छन्। जथाभावी रूपमा सञ्चालित क्रसर उद्योगले वातावरण विनाश हुँदै गएको उनीहरूले जनाएका छन्।
नदीजन्य पदार्थको जथाभावी उत्खनन रोक्न पहल गरिरहेका दिलीपको २०७६ पुस २५ गते टिपरले किचेर हत्या गरिएको थियो। हत्यामा संलग्न व्यक्तिलाई अझै पनि कारबाही नभएको भन्दै काठमाडौंमा प्रदर्शन गरिएको हो।
.jpg)
.jpg)
.jpg)
.jpg)