रूखको हाँगाले लागेर सिंहदरबारमा एक कर्मचारीको मृत्यु
सिंहदबारभित्र रूखको हाँगा खसेर एक सरकारी कर्मचारीको मृत्यु भएको छ।
रूखको हाँगाले लागेर राष्ट्रिय अनुसन्धान विभागका अनुसन्धान अधिकृत दीपेन्द्र श्रेष्ठको मृत्यु भएको हो। गएराति हावाहुरी चल्दा खसेको हाँगाले लागेर उनी घाइते भएका थिए।
उनको टाउकोमा चोट लागेको थियो। उनलाई उपचारका लागि बानेश्वरस्थित निजामती कर्मचारी अस्पताल भर्ना गरिएको थियो। उपचारका क्रममै उनको मृत्यु भएको अस्पतालले जनाएको छ।