आर्ईएमई १९औं वर्षमा
नेपालको पहिलो रेमिटेन्स कम्पनी आईएमई १९औं वर्षमा प्रवेश गरेको छ ।
सन् २००१ मा आईएमईले आफ्नो सेवा मलेसियाबाट शुरु गरेको थियो ।
वार्षिकोत्सवको अवसरमा काठमाडौंको पानीपोखरीस्थित केन्द्रीय कार्यालयमा आज रक्तदान कार्यक्रमको आयोजना गरिएको छ ।
कार्यक्रममा आईएमईका प्रमुख कार्यकारी अधिकृत सुमन पोखरेल सहित ७० जना कर्मचारीले रक्तदान गरेका छन् ।
हाल आईएमईका २१० शाखा छन् । करीब १० हजार सव–एजेन्टमार्फत् आईएमईले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रेमिटेन्स सेवा प्रवाह गरिरहेको छ ।