पेट्रोलियम पदार्थको मूल्य बढ्यो
सरकारले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ।
नेपाल आयल निगमले शनिबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोलिमय पदार्थको मूल्य बढाएको हो। आजदेखि पेट्रोल, डिजेल र मट्टितेलको भाउ प्रतिलिटर १० रुपैयाँले वृद्धि गरिएको निगमका सहप्रवक्ता पुष्कर कार्कीले बताए।
अब पेट्रोल प्रतिलिटर १७०, डिजेल र मट्टितेल प्रतिलिटर १५३ रुपैयाँ भएको छ। यसअघि पेट्रोल प्रतिलिटर १६०, डिजेल र मट्टितेल १४३ रुपैयाँ थियो।
हवाई इन्धनको मूल्य भने तत्काललाई यथावत राखिएको सहप्रवक्ता कार्कीले जनाएका छन्। त्यस्तै, खान पकाउने ग्यासको मूल्य पनि बढाएको छैन।