अर्घाखाँची पीपीसी सिमेन्ट बजारमा
ओपीसी सिमेन्ट उत्पादन गरिरहेको अर्घाखाँची सिमेन्ट प्रा.लि.ले पीपीसी सिमेन्ट पनि बजारमा ल्याएको छ ।
कम्पनीले आफ्नै खानीको चुनढुङ्गा प्रयोग गरेर क्लिंकर बनाइरहेको छ । भीआरएम मेसिनको प्रयोगबाट सिमेन्ट उत्पादन गर्ने हुँदा यसको उत्पादन उच्च गुणस्तरिय भएको कम्पनीको दाबी छ । कम्पनीले एउटै फ्याक्ट्री परिसरभित्र दुईवटा छुट्टाछुट्टै उत्पादन प्लान्ट मार्फत ओपीसी र पीपीसी सिमेन्ट उत्पादन गरिरहेको छ ।
सिमेन्ट सार्वजनिक गर्दै कम्पनीका निर्देशक पशुपति मुरारकाले पीपीसी सिमेन्टको उत्पादन र बिक्रीवितरणले आफ्नो उत्पादनप्रति ग्राहकको विश्वास थप मजबुत हुने धारणा राखे ।