महिन्द्राका नयाँ गाडीहरू नेपालगंजमा
महिन्द्राको नयाँ बिगबोलेरो पिक–अप, टियुभी–३०० र केयुभि–१०० नेपालगंजमा पनि उपलब्ध हुने भएको छ। अग्निइन्कर्पाेरेटेडको नेपालगंजस्थित आधिकारिक विक्रेता भुसाल इन्टरनेसनलमार्फत बिक्री हुने तिनवटै गाडीहरु महिन्द्राका लोकप्रिय मोडल हुन् । नयाँ बिगबोलेरो पिक–अप बोलेरो पिक–अपको नयाँमोडल हो ।
सन् १९९१ देखि नेपालमा महिन्द्राको गाडी बिक्री गर्दै आएको अग्निइन्कर्पाेरेटेडले उत्कृष्ट डिजाइन, स्टाइलिश र आरामदायी इन्टिरियर तथा सजिलो ह्यान्डलिङ्गका साथै ह्याचब्याक गाडीहरु सुपथ मूल्यमा उपलब्ध गराएको जनाएको छ ।