महानगरको उम्मेदवार टुङ्ग्याउन देउवाले बोलाए कार्यसम्पादन समिति बैठक
स्थानीय तहको निर्वाचनमा महानगरको उम्मेदवार टुङ्गो लगाउन नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएका छन्।
सभापति देउवाले वैशाख ९ गते दिउँसो २ बजे केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले बताए। कांग्रेस केन्द्रीय कार्यालय सानेपामा बस्ने बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी र सदस्यलाई अनिवार्य उपस्थित हुन भनिएको छ।
मुख्य सचिव पौडेलका अनुसार, केन्द्रीय कार्यसम्पादन समितिको बैठकको एउटा मात्रै अजेन्डा स्थानीय निर्वाचनमा उम्मेदवारीको विषय रहेको छ। कांग्रेसमा महानगरको मेयर र उपमेयरको उम्मेदवार केन्द्रले टुङ्गो लगाउने व्यवस्था छ।