योगी आदित्यनाथबारे आपत्तिजनक ट्वीट गर्ने पत्रकार गिरफ्तार
भारतको उत्तरप्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथबारे सोसलमिडियामा आपत्तिजनक टिप्पणी गर्ने एक पत्रकारलाई उत्तरप्रदेश प्रहरीले गिरफ्तार गरेको छ ।
प्रशान्त कनौजिया नाम गरेका ती पत्रकारलाई शनिबार दिल्लीस्थित उनको घरबाट गिरफ्तार गरी लखनऊ पुर्याइएको बताइएको छ ।
ती पत्रकारले ट्वीटरमा आफूलाई योगी आदित्यनाथकी प्रेमिका बताउने एक महिलाको भिडियो अपलोड गरेको बताइन्छ ।
भिडियोसँगै उनले मुख्यमन्त्री योगीबारे टिप्पणी गरेको बताइएको छ ।
पत्रकारको प्रशान्तको गिरफ्तारीबारे भारतमा विभिन्न सोसल मिडियामा विरोध भइरहेको छ ।
–एजेन्सी