विदुर नगरपालिकाको मेयरमा माओवादीबाट प्रभा बोगटी उठ्ने
आगामी ३० वैशाखमा हुने स्थानीय निर्वाचनमा नेकपा (माओवादी केन्द्र) ले नुवाकोटको विदुर नगरपालिकाको मेयरमा प्रभा बोगटीलाई उठाउने भएको छ।
माओवादी विदुर नगर समितिको सोमबार बसेको बैठकले सर्वसम्मतिबाट बोगटीलाई उम्मेदवार बनाउने निर्णय गरेको हो। उनी माओवादी विदुर नगर समितिकी अध्यक्ष हुन्।
प्रभा माओवादी नेता स्व. पोष्टबहादुर बोगटीकी छोरी हुन्।
२०७४ को चुनावमा एमालेले मेयर जितेको विदुर नगरपालिकामा नेपाली कांग्रेस दोस्रो र माओवादी तेस्रो स्थानमा आएको थियो।