चुनावी तालमेलबारे गठबन्धनका नेता छलफलमा
स्थानीय तहको निर्वाचनमा तालमेलको खाका तयार गर्न सत्तारुढ गठबन्धनका नेता प्रधानमन्त्री निवास बालुवाटारमा छलफलमा जुटेका छन्।
सत्तारुढ दलका शीर्ष नेता बालुवाटारमा छलफलमा जुटेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। छलफलमा प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा (माअवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल, नेकपा (एकीकृत समाजवादी)का नेता झलनाथ खनाल लगायत नेताहरू सहभागी छन्।
सत्तारुढ गठबन्धनले मंगलबार कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलको नेतृत्वमा स्थानीय तह चुनावी तयारी, परिचालन तथा अनुगमनका लागि समिति गठन गरेको थियो। पौडेल नेतृत्वको समितिले चुनावी तालमेलबारे खाका तयार गरेको जनाइएको छ।
त्यहि खाकामाथि आजको बैठकमा छलफल भइरहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।