चुनावी तालमेलबारे छलफल गर्न गठबन्धनको बैठक बस्दै
आगामी स्थानीय तह निर्वाचनको तालमेलबारे छलफल गर्न सत्तारूढ गठबन्धनको बैठक बस्न लागेको छ।
प्रधानमन्त्री निवास बालुवाटारमा आज मध्याह्न बैठक बस्न लागेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। बैठकमा पाँचै दलका शीर्ष नेताले चुनावी रणनीतिबारे छलफल गर्ने जनाइएको छ।
मंगलबार बसेको गठबन्धनको बैठकले कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलको नेतृत्वमा स्थानीय तह चुनावी तयारी, परिचालन तथा अनुगमन समिति गठन गरेको थियो। समितिले कसरी तालमेल गर्ने भन्ने विषयमा खाका तयार गरेको जनाएको छ।
आजको गठबन्धनको बैठकमा त्यसमाथि छलफल हुने जनाइएको छ। सत्तारूढ गठबन्धनले स्थानीय चुनावमा तालमेल गर्ने सहमति गरिसकेको छ।