स्थानीय चुनावका लागि कांग्रेसको प्रचार समिति गठन, को को छन् सदस्य?
आगामी स्थानीय चुनावका लागि नेपाली कांग्रेसले केन्द्रीय प्रचारप्रसार समिति गठन गरेको छ।
कांग्रेस सभापति देउवाले ‘स्थानीय तह निर्वाचन केन्द्रीय प्रचारप्रसार समिति’ गठन गरेका हुन्। कांग्रेस प्रवक्ता प्रकाशशरण महतको नेतृत्वमा प्रचारप्रसार समिति गठन गरिएको मुख्य सचिव कृष्णप्रसाद पौडेलले बताए।