लोसपाले स्थानीय आवश्यकताको आधारमा तालमेल गर्ने
लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले ३० वैशाखमा हुने चुनावमा स्थानीय आवश्यकताका आधारमा गठबन्धन गर्ने भएको छ।
केन्द्रीय कार्यकारिणी समितिको बिहीबार बसेको बैठकले चुनावी तालमेलबारे सम्बन्धित पालिकालाई नै निर्णय गर्ने अधिकार दिने निर्णय गरेको लोसपा नेता शरतसिंह भण्डारीले जानकारी दिए। भण्डारी भन्छन्, “केन्द्रमा बसेर गठबन्धनबारे निर्णय गर्दा व्यावहारिक नहुने भएकाले सम्बन्धित पालिकालाई निर्णय गर्ने अधिकार दिएका हौं।”
लोसपा सरकारमा सहभागी हुने विषयमा पनि छलफल भइरहेको छ।