चुनावी प्रतिबद्धतापत्र बनाउन एमालेको भर्चुअल कार्यशाला
आगामी स्थानीय चुनावका लागि प्रतिवद्धतापत्र बनाउने तयारीका क्रममा नेकपा (एमाले) ले भर्चुअल कार्यशाला आयोजना गरेको छ।
कार्यक्रममा अध्यक्ष केपी शर्मा ओलीले केन्द्र, प्रदेश र स्थानीय तहमा एमाले सरकारले गरेका काम लिएर जनतामा जान निर्देशन दिए। अरू सबै पार्टी एक भए पनि कुनै असर नपर्ने बताउँदै निर्वाचनमा होमिन नेता तथा कार्यकर्तालाई निर्देशन दिएका छन्।
त्यस्तै, प्रतिबद्धतापत्र मस्यौदा समितिका संयोजक एवं एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले प्रतिबद्धतापत्रका सैद्धान्तिक पक्षमाथि प्रकाश पारेका थिए। त्यस्तै, मस्यौदा समितिका सदस्य सुशील ज्ञवालीले प्रतिबद्धतापत्रबारे विस्तृत रूपमा व्याख्या गरेका थिए।
भर्चुअल कार्यशालामा एमाले स्थायी कमिटीका सदस्य, प्रदेश कमिटी र जिल्ला कमिटीका पदाधिकारी तथा एमालेको तर्फबाट निर्वाचित स्थानीय तहका प्रमुखको सहभागिता रहेको थियो।