एकीकृत समाजवादीले विभाग र प्रदेश कमिटीलाई दियो पूर्णता, को को परे?
नेकपा (एकीकृत समाजवादी) ले केन्द्रीय विभाग र प्रदेश कमिटीलाई पूर्णता दिएको छ।
एकीकृत समाजवादीको सचिवालय बैठकले केन्द्रीय विभाग र प्रदेश कमिटी गठन गरेको थियो। त्यसलाई केन्द्रीय कमिटी बैठकले अनुमोदन गरेको महासचिव बेदुराम भुसालले जनाएका छन्।
महासचिव भुसालका अनुसार, केन्द्रीय विभागसँगै प्रदेश कमिटीलाई पूर्णता दिइएको छ। त्यससँगै ७७ वटै जिल्ला इन्चार्ज र अध्यक्ष पनि तय गरिएको छ।
केन्द्रीय विभाग र प्रदेश कमिटीको सूची :