नेपालद्वारा पपुवा न्यूगिनी सात विकेटले पराजित
नेपालले आईसीसी विश्वकप लिग–२ अन्तर्गत मंगलबार पपुवा न्यूगिनीलाई सात विकेटले हराएको छ।
दुबईमा टस जितेर फिल्डिङ रोजेको नेपालले १७४ रनको लक्ष्य पाएको थियो। नेपालले सात विकेटको क्षतिमा ७८ बल बाँकी छँदै जित हासिल गरेको हो।
प्लेयर अफर दी म्याच आरिफ शेखले अविजित रहँदै १०२ बलमा ५९ रन जोडे। १० ओभर बलिङ गरेका उनले २१ रन खर्चेर एक विकेट लिएका थिए।
नेपाललाई जिताउने क्रममा कुशल भुर्तेलले ५० रन जोडे भने रोहित पौडेल ४४ रनमा नट आउट रहे। सन्दीप लामिछाने र सोमपाल कामीले दुई-दुई तथा दीपेन्द्र सिंह ऐरी, पवन सर्राफ र करण केसीले एक-एक विकेट लिए।
यो जितसँगै नेपालको १२ खेलबाट १२ अङ्क भएको छ। अङ्कतालिकामा नेपाल अन्तिमबाट दोस्रो स्थानमा छ।