५० वर्ष पुगेकाहरूको मिर्गौला, कलेजो, मुट रोगको निशुल्क परीक्षण हुने
सरकारले ५० वर्षभन्दा माथि उमेर पुगेका नागरिकको वर्षको एकपल्ट मिर्गौला, कलेजो, मुटु लगायत रोगको नियमित परीक्षण गर्ने निर्णय गरेको छ।
मन्त्रीपरिषद्को बिहीवार बसेको बैठकले उनीहरूको निःशुल्क स्वास्थ्य परीक्षण गर्ने निर्णय गरेको हो।
मन्त्रिपरिषद् बैठकले ज्येष्ठ नागरिक अस्पताल निर्माण गर्न स्वास्थ्य मन्त्रालयले राखेको प्रस्तावलाई स्विकृत गरेको छ। अस्पताल निर्माणका लागि कार्यदल मार्फत काम अघि बढाइको स्वास्थ्य मन्त्रालयले जनाएको छ।