‘एनआईबीएल सहभागिता फण्ड’ योजनाको शुरुआत
एनआईबीएल एस क्यापिटल लिमिटेडले ‘एनआईबीएल सहभागिता फण्ड’ योजनाको शुरुआत गरेको छ ।
१९ जेठमा काठमाडौंमा आयोजित कार्यक्रममा नेपाल धितोपत्र बोर्डका अध्यक्ष डा. रेवतकुमार कार्कीले उक्त खुलामुखी योजनाको उद्घाटन गरेका हुन् ।
उक्त अवसरमा नेपाल इन्भेष्टर्स फोरमका उपाध्यक्ष तुलसीराम ढकालले सि–आस्वा अन्तर्गत मेरो शेयरबाट आवेदन दिई इकाई खरीद गरे ।
एनआईबीएल म्यूचुअल फण्ड अन्तर्गतको तेस्रो योजनाको रुपमा रहेको यस योजना ‘सामूहिक लगानी कोष नियमावली २०६७,’ र ‘सामूहिक लगानी कोष निर्देशिका २०६९’ जारी भए पश्चात निष्काशन गरिएको पहिलो खुलामुखी योजना हो ।
यस खुलामुखी योजना बमोजिम जम्मा ५० करोड रुपैयाँ बराबरको पाँच करोड इकाईको लागि नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त भएको कम्पनीले जनाएको छ ।
पहिलो चरणमा १२ करोड ५० लाख रुपैयाँ बराबरको एक करोड २५ लाख इकाई सर्वसाधारणका लागि जारी हुनेछ । त्यस्तै सात करोड ५० लाख रुपैयाँ बराबरको ७५ लाख इकाई नेपाल इन्भेष्टमेण्ट ब्याङ्क र एनआईबीएल एस क्यापिटलले बिज पूँजीको रुपमा खरीद गर्नेछ ।
सर्वसाधारणले आवदेन दिंदा न्यूनतम् १०० र बढीमा दुई लाख ५० हजार इकाईका लागि प्रति इकाई रु. १० का दरले भुक्तानी गरी आवेदन दिनुपर्ने कम्पनीले जानकारी दिएको छ ।