क्लासिकमा थरीथरीका मम
काठमाडौंको नक्साल, नारायणचौरमा क्लासिक ममले विभिन्न थरीका मम उत्पादन तथा बिक्री शुरु गरेको छ । आमा भेन्चर्स प्रालिअन्तर्गत सञ्चालित क्लासिकले आफैंले किमा बनाएर, अजिनोमोटा रहित र ओलिभ आयलको प्रयोग गरेर मम उत्पादन गरिने जनाएको छ ।
प्रालिका अध्यक्ष हरिश्वर पोखरेलका अनुसार क्लासिक स्पेशल, स्टिम, कोथे, फ्राइड, छोयला मम, साँधेको मम, पिज्जा मम, वर्गर मम, सेजुवान मम, चिल्ली मम, सुप मम, नेवारी मम (ममचा), फिस मम, मटन मम, चिकेन मम, हाँसको मम, बनाना मम, चिज मम, पनिर मम, बफ मम, पोर्क मम, मिक्स भेज मम लगायतका स्वादमा मम उपलब्ध हुनेछन् । पोखरेलका अनुसार प्रालिले भारतको बैंगलोरमा यसको आउटलेट खुलिसकेको छ ।