लुम्बिनीमा सत्तारूढ गठबन्धनका उम्मेदवार निर्वाचित
राष्ट्रिय सभा निर्वाचनमा लुम्बिनी प्रदेशबाट सत्तारूढ गठबन्धनका उम्मेदवार निर्वाचित भएका छन्।
भर्खरै सम्पन्न मतगणनामा नेकपा (एकीकृत समाजवादी) की राजेन्द्रलक्ष्मी गैरे, राष्ट्रिय जनमोर्चाका कुलप्रसाद विश्वकर्मा र नेपाली कांग्रेसका युवराज शर्मा निर्वाचित भएका छन्।
नेकपा (एमाले) का तीनै उम्मेदवार पराजित भएका छन्। एमालेले भारती उपाध्याय खनाल, कृष्ण सुनार र रामदयाल गुप्तालाई उम्मेदवार बनाएको थियो।
निर्वाचनमा गठबन्धनको तर्फबाट कांग्रेसका शर्माले ४ हजार ३४४, एकीकृत समाजवादीकी गैरेले ४ हजार ३७४ र जनमोर्चाका विश्वकर्माले ४ हजार ३५६ मतभार प्राप्त गरेका छन्।
एमालेबाट अन्यतर्फ गुप्ताले ३ हजार ३७८, महिलातर्फ खनालले ३ हजार ३१२ र दलिततर्फ सुनारले ३ हजार ३४८ मतभार प्राप्त गरेका छन्।