राप्रपाले ६ वटा प्रदेशमा राष्ट्रिय सभा चुनाव बहिष्कार गर्ने
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले १२ माघमा हुने राष्ट्रिय सभा निर्वाचनमा सातमध्ये ६ वटा प्रदेशमा मतदान बहिष्कार गर्ने भएको छ।
मंगलबार काठमाडौंमा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनको अध्यक्षतामा बसेको केन्द्रीय पदाधिकारी बैठकले प्रदेश नम्बर १ मा बाहेक मतदान नगर्ने निर्णय गरेको पार्टी महामन्त्री भुवन पाठकले जानकारी दिए। प्रदेश १ मा राप्रपाले अम्बरबहादुर विष्ट र रञ्जु प्याकुरेललाई उम्मेदवार बनाएको छ।
महामन्त्री पाठकद्वारा जारी विज्ञप्तिमा भनिएको छ, “...अन्य प्रदेशहरूमा पार्टीको उम्मेदवार नभएकाले पार्टीका तर्फबाट प्रतिनिधित्व गर्ने मतदातालाई मतदान प्रक्रियामा सहभागी नहुन निर्देशन दिने निर्णय गरियो।”