लोकसेवाका लिखित परीक्षा स्थगित
लोकसेवा आयोगले पूर्वनिर्धारित सबै लिखित परीक्षा कार्यक्रम स्थगन गरेको छ।
आयोगले बिहीबार सूचना जारी गरी आयोगका कर्मचारीमा कोभिड-१९ सङ्क्रण देखिएकाले ११ देखि २९ माघसम्म सञ्चालन हुने गरी निर्धारण गरिएका परीक्षा स्थगन भएको जनाएको हो।
लिखित परीक्षा बाहेकका पूर्वनिर्धारित कार्य यथावत् रूपमा सञ्चालन हुने निर्णय भएको आयोगले सूचनामा जनाएको छ।
