एमालेको ६३ जिल्लामा नेतृत्व चयन, को कहाँ अध्यक्ष?
नेकपा (एमाले)को जिल्ला अधिवेशनबाट ६३ जिल्लामा नेतृत्व चयन भएको छ।
गत २३ पुसमा एकैसाथ अधिवेशन उद्घाटन भएका जिल्लामध्ये ६३ जिल्ला नेतृत्व चयन भएको एमाले केन्द्रीय कार्यालयले जनाएको छ। अधिवेशन उद्घाटन भए पनि आन्तरिक विवादका कारण पर्सा, सिन्धुपाल्चोक, चितवन, दैलेख र मुगुमा नेतृत्व चयन हुन बाँकी छ।
यस्तै, मौसम र आन्तरिक विवादका कारण धनुषा, महोत्तरी, सर्लाही, मनाङ, मुस्ताङ, रुकुम (पूर्व), रोल्पा, हुम्ला र बझाङमा अधिवेशन हुन सकेको छैन। यी सबै जिल्लामा कोरोनाभाइरसको सङ्क्रमण कम भएपछि अधिवेशन हुने भएको छ।
त्यस्तै, एमालेको गैरभौगोलिक जिल्ला विशेषमा पनि नेतृत्व चयन भएको छ। यससँगै ६ वटै प्रदेशमा सम्पर्क कमिटीमा पनि नेतृत्व चयन भएको छ।