एमालेका ६० जिल्लामा नेतृत्व चयन, को कहाँ?
नेकपा (एमाले) जिल्ला अधिवेशनबाट ६० जिल्लामा नेतृत्व चयन भएको छ।
एमाले केन्द्रीय कार्यालयका अनुसार, शुक्रबार बिहानसम्म ६० जिल्लामा जिल्ला कमिटी गठन भएको छ। योसँगै दुई गैरभौगोलिक जिल्ला विशेष समितिमा नेतृत्व चयन भएको छ।
२३ पुसमा उद्घाटन भएका ६४ जिल्ला अधिवेशनमध्ये अब चार जिल्लामा मात्रै नेतृत्व चयन हुन बाँकी छ। सिन्धुपाल्चोकमा चुनावी प्रक्रिया शुरू भएको छ।
अन्य तीन जिल्ला चितवन, दैलेख र पर्सामा विवाद भएको छ। जसले गर्दा जिल्ला अधिवेशन स्थगन गरिएको छ।
मौसमका कारण १३ जिल्लाको अधिवेशन हुन बाँकी छ। हिमाली जिल्लामा माघमा जिल्ला अधिवेशन गर्ने एमालेको तयारी छ।
नेतृत्व चयन भएका जिल्ला:
प्रदेश १
१) झापाः दीपक कार्की
२) मोरङः ऋषिकेश पोखरेल
३) खोटाङः रामप्रसाद दंगाल
४) धनकुटाः इन्द्रमणि पराजुली
५) तेह्रथुमः तेजमान कन्दङ्वा
६) पाँचथरः राजकुमार भण्डारी
७) भोजपुरः शरणकुमार राई
८) इलामः महेश बस्नेत
९) सोलुखुम्बुः डुफकुमार बास्तोला
१०) उदयपुरः प्रमेश्वर घिमिरे
११) ओखलढुंगाः शंकर कटुवाल
१२) ताप्लेजुङः भुपेन्द्रबहादुर थेबे
१३) संखुवासभाः जितबहादुर घिमिरे
१४) सुनसरीः रेवतीरमण भण्डारी
प्रदेश २
१) सप्तरीः ताराकान्त चौधरी
२) सिरहाः बिन्देश्वर मण्डल
बागमती
१) धादिङः भूमि त्रिपाठी
२) काभ्रेपलाञ्चोकः अशोक ब्यान्जु
३) भक्तपुरः वचन देउजा
४) रसुवाः कर्णेल तामाङ
५) रामेछापः आनन्दकुमार श्रेष्ठ
६) नुवाकोटः बद्री मैनाली
७) मकवानपुरः एकलाल श्रेष्ठ
८) काठमाडौंः दीपक निरौला
९) ललितपुरः पुरुषोतम आचार्य
१०) सिन्धुलीः कुमारबहादुर कार्की
११) दोलखाः नरबहादुर श्रेष्ठ
गण्डकी
१) गोरखाः प्रेम गुरुङ
२) तनहुँः श्रीप्रसाद श्रेष्ठ
३) म्याग्दीः देवेन्द्र केसी
४) लमजुङः कृष्णप्रसाद अधिकारी
५) बागलुङः हिराबहादुर केसी
६) पर्वतः राजु पौडेल
७) नवलपुरः मुक्ति पाण्डे
८) स्याङ्जाः सूर्यप्रसाद गैरे
९) कास्कीः मनबहादुर गुरुङ
लुम्बिनी
१) पाल्पाः धनेन्द्रराज घिमिरे
२) गुल्मीः बालकृष्ण काउछा मगर
३) अर्घाखाँचीः पीताम्बर भुसाल
४) बाँकेः किस्मतकुमार कक्षपति
५) बर्दियाः लालबहादुर श्रेष्ठ
६) दाङः हुकुमबहादुर बस्नेत
७) रुपन्देहीः तेजेन्द्र केसी
८) कपिलवस्तुः डम्मर शर्मा
९) नवलपरासी (पश्चिम): दीपेन्द्र अधिकारी
१०) प्युठानः विजयविराज विष्ट
कर्णाली
१) डोल्पाः शेरबहादुर बुढा
२) सल्यानः गोविन्द पुन मगर
३) जुम्लाः शान्तिलाल महत
४) रुकुमः नन्दराम देवकोटा
५) जाजरकोटः खिमबहादुर शाही
६) सुर्खेतः अमृत बिसी
सुदूरपश्चिम
१) डडेल्धुराः प्रकाश साउद
२) बैतडीः सुरेन्द्र पाल
३) डोटीः चक्र मल्ल
४) कैलालीः रतन थापा
५) दार्चुलाः प्रेमसिंह धामी
६) बाजुराः कालीबहादुर शाही
७) कञ्चनपुरः सुरेन्द्र विष्ट
८) अछामः चन्द्रबहादुर बोहोरा
गैरभौगोलिक जिल्ला
१) मजदूर विशेषः जितेन्द्र श्रेष्ठ
२) पेशागत विशेषः उमेश ढकाल