राष्ट्रिय जनमोर्चाको प्रदेश सम्मेलन सर्यो
कोरोनाभाइरसको नयाँ भेरियन्ट ओमिक्रोनको सङ्क्रमण बढ्न थालेपछि राष्ट्रिय जनमोर्चाको प्रदेश सम्मेलन सरेको छ।
बिहीबार जनमोर्चा अध्यक्ष चित्रबहादुर केसीले प्रेस विज्ञप्ति जारी गरी सातै प्रदेशको सम्मेलन सरेको जनाएका छन्। अब सातै प्रदेश सम्मेलन ६ र ७ फागुनमा तोकिएको छ।
यसअघि जनमोर्चाले १५ र १६ माघमा प्रदेश सम्मेलन गर्ने तयारी गरेको थियो। कोरोना सङ्क्रमण बढ्दै गएकाले सम्मेलन सारिएको अध्यक्ष केसीले जनाएका छन्।