मेडिकल काउन्सिलको परीक्षामा आधाभन्दा बढी डाक्टर फेल
नेपाल मेडिकल काउन्सिलले चिकित्सकको नाम दर्ता परीक्षा (लाइसेन्स) को नतिजा सार्वजनिक गरेको छ। जसमा आधाभन्दा बढी चिकित्सक अनुत्तीर्ण भएका छन्।
लाइसेन्सका लागि परीक्षा दिएका दुई हजार १५७ जनामध्ये एक हजार १०९ जना अनुत्तीर्ण भएका छन् भने एक हजार ४८ जना मात्रै उत्तीर्ण भएका छन्।
काउन्सिलले २२ देखि २५ पुसमा लिएको एमबीबीएस र बीडीएसको परीक्षाको नतिजा आइतबार सार्वजनिक गरेको हो। काउन्सिलका अनुसार बीडीएसतर्फ १७७ र एमबीबीएसतर्फ ८७१ जना उत्तीर्ण भएका छन्।
बीडीएसतर्फ ४३५ जनाले परीक्षा दिएका थिए। जसमा ४०.९७ प्रतिशत मात्र उत्तीर्ण भएका छन्।
त्यस्तै, एमबीबीएसतर्फ १७२२ जनाले परीक्षा दिएका थिए। जसमा ५०.५८ प्रतिशत मात्रै उत्तीर्ण भएको काउन्सिलले जनाएको छ।
काउन्सिलका अनुसार एमबीबीएसतर्फ १७३४ जनाले आवेदन दिएका थिए भने १२ जना अनुपस्थित रहेका थिए। त्यस्तै, बीडीएसतर्फ ४३५ जनाले आवेदन दिएकोमा ३ जना अनुपस्थित भएका थिए।