नेपाल लाइफको सिनियर डीसीओमा प्रवीणरमण पराजुली
नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत (सिनियर डीसीओ)मा प्रवीण रमण पराजुली नियुक्त भएका छन्।
२५ पुसबाट पराजुलीले सिनियर डीसीओको कार्यभार सम्हालेका हुन्।
पराजुलीले संस्थागत सुशासनलाई प्राथमिकतामा राख्दै कम्पनीलाई हरेक क्षेत्रमा अब्बल सावित गर्न लागि पर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। उनले यसलाई अवसर र चुनौतीको रूपमा लिएको बताए। उनले भने, “अब मैले नेपाल लाइफको छवीलाई हरेक सूचकांकमा अझ बलियो बनाउनुपर्ने चुनौती छ।”
पराजुली यसअघि रिलायन्स लाइफ इन्स्योरेन्समा प्रमुख कार्यकारी अधिकृत थिए।