भारतीय बजारमा टाटा मोटर्स दोस्रो स्थानमा उक्लियो
टाटा मोटर्स भारतीय बजारमा सर्वाधिक गाडी बिक्री गर्ने कम्पनीमध्ये दोस्रो स्थानमा उक्लिएको छ। हुन्डाई पहिलो नम्बरमा छ।
टाटाले सन् २०२१ को डिसेम्बरमा अघिल्ला महीनाको तुलनामा बढी गाडी बिक्री गरेको छ। डिसेम्बरमा मात्रै टाटाका ३५ हजार ३०० गाडी बिक्री भएका छन्।
दक्षिण कोरियाली कार उत्पादक कम्पनी हुन्डाईले डिसेम्बरमा ३२ हजार ३१२ गाडी बेचेको छ।
गत वर्ष भारतीय बजारमा मात्र टाटाका ३ लाख ३१ हजार गाडी बिक्री भएका छन्। टाटाले यात्रुवाहक सवारी साधनको व्यवसाय शुरू गरेदेखिको यो उच्च तथ्याङ्क हो।
हुन्डाईका चाहिं ५ लाख ५ हजार गाडी बिक्री भएको तथ्याङ्क छ।
टाटा मोटर्सले सन् २०२१ मा विद्युतीय गाडीको समेत बिक्री बढाएको छ। कम्पनीले २०२१ अन्तिमसम्म २२ हजार ५५५ वटा विद्युतीय गाडी बिक्री गरेको छ।