पुस लागेपछि ब्यांकहरूको कर्जा प्रवाह घट्यो, निक्षेपमा सामान्य सुधार
ब्यांकिङ प्रणालीमा लगानीयोग्य रकममा पर्दै आएको चाप पछिल्लो साता केही मत्थर भएको छ।
बितेको एक सातामा ब्यांकहरूमा रु.१५ अर्ब निक्षेप थपिंदा ११ अर्ब मात्रै ऋण प्रवाह भएको छ। राष्ट्र ब्यांकले विभिन्न निर्देशन मार्फत आयातमा कडाइ गरेपछि ऋण विस्तार कमजोर भएको हो।
ऋण विस्तार कम भएपछि वित्तीय प्रणालीको लगानीयोग्य रकम (तरलता)मा पर्दै आएको चाप घट्दै जाने अनुमान गरिएको छ। पुस लागेपछि ब्यांकहरूले ऋण विस्तारमा केही नियन्त्रण गरेका छन्।
१६ पुससम्म ब्यांकहरूमा रु.१२ अर्ब रुपैयाँले निक्षेप थपिएको छ। ऋण विस्तार भने रु.१५ अर्ब रुपैयाँले बढेको छ। नेपाल ब्यांकर्स संघका अनुसार, १६ पुससम्म ब्यांकिङ प्रणालीमा कुल निक्षेप रु.४२ खर्ब ४९ अर्ब पुगेको छ भने ऋण प्रवाह रु.४० खर्ब ९९ अर्ब पुगेको छ।