काठमाडौं मेडिकल कलेजमा तालाबन्दी
अतिरिक्त शुल्क खारेज गर्नुपर्ने माग राख्दै भक्तपुरको काठमाडौं मेडिकल कलेज, दुवाकोटमा नेपाल विद्यार्थी संघले तालाबन्दी गरेको छ।
चिकित्सा शिक्षा आयोगले तोकेको शुल्क कार्यान्वयन नगरिएको भन्दै उनीहरूले तालाबन्दी गरेका हुन्। बजार मूल्यलाई मध्यनजर गरी छात्रावास शुल्क निर्धारण नगरिएको भन्दै उनीहरू आन्दोलित थिए।
छात्रावासमा बस्ने वा नबस्ने विद्यार्थीको इच्छामा निहित हुने भएकाले सोही अनुसार व्यवस्था गर्नुपर्ने उनीहरूको माग छ।
त्यस्तै, चिकित्सा शिक्षा आयोगले तोके अनुसार सबै प्रक्रिया पुर्याएका विद्यार्थीको हकमा तुरुन्तै कक्षा सञ्चालन गरी पठनपाठन शुरू गर्नुपर्ने उनीहरूको माग छ।