चिकित्सक दर्ताका लागि २२ पुसबाट परीक्षा
नेपाल मेडिकल काउन्सिलले चिकित्सकका लागि दर्ता प्रमाणपत्र परीक्षा २२ देखि २५ गतेसम्म सञ्चालन गर्ने भएको छ।
काउन्सिलले सोमबार सूचना जारी गरी बीडीएस र एमबीबीएस उत्तीर्ण गर्ने विद्यार्थीको दर्ता प्रमाणपत्र परीक्षा पुल्चोकस्थित इन्जिनियरिङ अध्ययन संस्थान, सूचना तथा सञ्चार प्रविधि केन्द्रमा हुने जनाएको छ।
बीडीएस अध्ययन गरेका विद्यार्थीको एउटा समूहको २२ पुस बिहान ९ देखि १२ बजेसम्म र अर्को समूहको अपराह्न २ देखि ५ बजेसम्म हुने काउन्सिलले जनाएको छ। त्यस्तै, एमबीबीएसका विद्यार्थीको परीक्षा २३, २४ र २५ पुसमा हुने भएको छ।
परीक्षार्थीले फारम भर्दा राखेको सकल फोटो, दस्तखत र औंठाछाप प्रष्ट देखिने प्रवेशपत्र बनाउनुपर्ने तथा परीक्षा हलमा प्रवेश गर्न दुई घण्टाअघि नै उपस्थित हुन काउन्सिलले आग्रह गरेको छ।
परीक्षा तालिका: