एनएमबि ब्यांक र हिमालय दृश्य होटलबीच सहकार्य
एनएमबि ब्यांक र हिमालय दृश्य होटल, धुलिखेलबीच सम्झौता भएको छ।
सम्झौता अनुसार, ब्यांकका ग्राहकलाई खानामा १० प्रतिशत तथा आवास सुविधामा २० प्रतिशतसम्म छूटको व्यवस्था गरिएको हो।
सम्झौता पत्रमा एनएमबि ब्यांकका एरिया म्यानेजर निरन श्रेष्ठ र हिमालय दृश्यकी सहायक निर्देशक बबिता पाण्डेले हस्ताक्षर गरेका छन्।
ब्यांकिङ पहुँच वृद्धि, विद्युतीय भुक्तानी अभिवृद्धिका साथै ग्राहकलाई आर्थिक रूपमा सहजता ल्याउन ब्यांकले विभिन्न कम्पनीसँग सहकार्य गर्दै आएको जनाएको छ।
एनएमबि ब्यांकका देशभर २०१ शाखा, १३८ एटीएम र ९ एक्सटेन्सन काउन्टर छन्।