रियलमीका सी–२५ वाई स्मार्टफोन बजारमा
रियलमीले ५० एमपीए–आई ट्रिपल क्यामेरा सिस्टम सहितको रियलमी सी–२५ वाई सिरिजका स्मार्टफोन सार्वजनिक गरेको छ।
सी–२५ वाईमा १८ वाटको छिटो चार्जिङ हुने ५००० एमएएचको ब्याट्री, फिङ्गर प्रिन्ट, सेन्सर सहितको शक्तिशाली यूनिसोक टी-६१० प्रोसेसर र ६.५ इन्चको डिस्प्ले छ।
यसको क्यामेरामा ए–आई ब्यूटी मोड फङ्सन, एचडीआर मोड, प्यानारोमिक भ्यू मोड, पोट्रेट मोड, टाइम ल्याप्स फङ्सन, एक्सपर्ट मोड लगायत विशेषता रहेको कम्पनीले जनाएको छ। यसमा ए–ब्यूटी फङ्सन भएको ८ एमपी सेल्फी क्यामेरा छ।
सी–२५ वाई सिरिजका स्मार्टफोनमा दुई वटा नानो–सिम प्रयोग गर्न मिल्छ। यसमा २५६ जीबीसम्मको अतिरिक्त स्टोरेजका लागि माइक्रो एसडी कार्ड स्लट पनि छ।
रियलमी सी–२५ वाई ग्लेसियर ब्लू र मेटल ग्रे रङमा उपलब्ध छ। यसको चार जीबी र्याम र १२८ जीबी र्याम स्टोरेज भेरियन्टको मूल्य रु. २० हजार ४४९ तोकिएको छ।