बुटबल पाचौं दिन पनि बन्द
संविधान संशोधन गरेर ५ नं. प्रदेशबाट तराई र पहाडलाई नछुट्याउन माग गर्दै आज पाचौं दिन पनि रुपन्देही बन्द गरिएको छ ।
संशोधन विधेक फिर्ता लिन माग गर्दै बिहानैदेखि बुटवलमा प्रदर्शन सुरु भएको छ । बन्दको घोषणासहित आन्दोलनमा उत्रिएका विद्यार्थी संगठन, संयुक्त संघर्ष समिति प्रदेश नं. ५ लगायतको अगुवाइमा राष्ट्रिय झण्डासहित चोक चोकमा प्रद्धर्शन गरिएको छ ।
बन्दका कारण पूर्वपश्चिम राजमार्गमा अवरोध गरिएको छ । बुटवलको बजार, औद्योगिक प्रतिष्ठान र कलकारखाना बन्द छन् ।
दीपक ज्ञवाली