एनसीसी ब्यांक र होटल सिराइचुलीबीच सम्झौता
एनसीसी ब्यांक र चितवनको भरतपुरस्थित चारतारे होटल सिराइचुलीबीच छूट प्याकेजबारे सम्झौता भएको छ।
ब्यांक र होटलबीच एनसीसी ब्यांकको भिसा कार्ड प्रयोगकर्ता, मोबाइल ब्यांकिङ चलाउने ग्राहक र ब्यांकका कर्मचारीलाई होटलको सेवा, सुविधामा विशेष छूट उपलब्ध गराउनेबारे सम्झौता भएको हो।
जस अनुसार, होटलले फुड एन्ड वेभरेजमा १० प्रतिशत र एकोमोडेसनमा २५ प्रतिशत छूट दिनेछ।
ग्राहकलाई तत्कालै नयाँ कार्ड उपलब्ध गराउन एनसीसी ब्यांकले ‘इन्स्ट्यान्ट कार्ड’ को व्यवस्था पनि गरेको छ।
एनसीसी ब्यांकका सात वटै प्रदेशमा १३७ शाखा, ११ वटा एक्सटेन्सन काउन्टर र ११४ वटा एटीएम बुथ छन्।