शिवम् सिमेन्टद्वारा एक हजार निर्माणकर्मीको जोखिम बीमा
शिवम् सिमेन्ट लिमिटेडले प्रदेश–२ का एक हजारभन्दा बढी निर्माणकर्मीसँग छलफल तथा उनीहरूको जोखिम बहन बीमा गरेको छ।
कार्यक्रममा भवन निर्माण सम्बन्धी प्राविधिक परामर्श प्रदान गर्नुका साथै हरेक सहभागी निर्माणकर्मीको लागि रु.५ लाख बराबरको दुर्घटना बीमा गरिएको हो।
योसँगै देशभरका २५ सय बढी निर्माणकर्मीसँग परामर्श तथा जोखिम बहन बीमा गरिसकेको कम्पनीले जनाएको छ।
कार्यक्रममा प्राविधिकद्वारा सिमेन्ट सम्बन्धी जानकारी, निर्माण सामग्रीको गुणस्तर मापन तथा छनोट, निर्माणकर्मीलाई दिनहुँ आईपर्ने निर्माण सम्बन्धी समस्या समाधानका उपाय र सिमेन्ट भण्डारण सम्बन्धी विस्तृत जानकारी गराइएको थियो।
निर्माण कार्यमा खटिने निर्माणकर्मीहरू हरेक दिन जोखिमपूर्ण कार्य गर्दै आइरहेका हुन्छन्। उक्त जोखिमलाई मध्यनजर राख्दै शिवम् सिमेन्टले निर्माणकर्मीहरूको लागि निःशुल्क दुर्घटना बीमा योजना ल्याएको हो।
कम्पनीले आफ्नै चुनढुङ्गाकोे प्रयोग गरी क्लिंकर र ४३ तथा ५३ ग्रेडको ओपीसी सिमेन्ट उत्पादन तथा बिक्री वितरण गर्दै आएको छ।शिवम् सिमेन्टले नेपाल गुणस्तर चिह्न ५७२, ४९ तथा आईएसआई, यूआरएस प्रमाणित आईएसओ सर्टिफिकेट पाएको छ।