कांग्रेसको नयाँ केन्द्रीय कार्यसमिति बैठक १० पुसमा
नेपाली कांग्रेसको नयाँ केन्द्रीय कार्यसमितिको पहिलो बैठक १० पुसमा बस्ने भएको छ।
कांग्रेसको १४औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिको बैठक १० पुसमा बोलाइएको केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए। भोलिबाट केन्द्रीय कार्यसमिति बैठकको व्यवस्थानको तयारी थालिने बताए।
कांग्रेसको केन्द्रीय सदस्यको मतगणना आज सकिने निर्वाचन समितिले जनाएको छ। समितिका अनुसार, आज आदिवासी जनजाति र खस आर्यतर्फको केन्द्रीय सदस्यको मतगणना हुँदै छ।
अहिलेसम्म पदाधिकारी सहित १०६ केन्द्रीय सदस्य निर्वाचित भइसकेका छन्। २४–२७ मंसीरमा चलेको महाधिवेशनको मतगणनामा ढिलाइ भएको हो।
कांग्रेस महाधिवेशनबाट सभापति सहित १३४ सदस्य निर्वाचित हुनेछन्। त्यस बाहेक सभापतिले ३३ जना केन्द्रीय सदस्य मनोनीत गर्ने व्यवस्था रहेको छ।