रवीन्द्र मिश्रलाई मिलन पाण्डेको जवाफ- सरी, राजतन्त्र मान्न सक्दिनँ
विवेकशील साझा पार्टीका संयोजक मिलन पाण्डेले स्पष्टीकरण बुझाउँदै राजतन्त्र मान्न नसक्ने जनाएका छन्।
केही दिनअघि विवेकशील साझाका संयोजक रवीन्द्र मिश्रले पाण्डेलाई स्पष्टीकरण सोधेका थिए। त्यसको जवाफ दिंदै पाण्डेले भनेका छन्, “सरी, राजतन्त्र मान्न सक्दिनँ। पञ्चायत पुज्न सक्दिनँ। धार्मिक द्वन्द्व फैलाउने मुद्दा बोक्न सक्दिनँ।”
मिश्रको नेतृत्वमा भएका निर्णय अवैधानिक भएको पाण्डेले जनाएका छन्। १७ भदौमा संयोजक मिश्रले एकलौटी बैठक बोलाएर गरेका निर्णय मान्ने नहुने पाण्डेको भनाइ छ।
यसका विरुद्ध अदालत जाने उनले बताएका छन्। “१७ भदौपछि विवकेशील साझा पार्टीमा जे जति विषयहरू, निर्णयहरू भएका छन्, ती सबै अवैधानिक हुन्,” पाण्डेले भनेका छन्, “हामीले यसको जानकारी सहित निर्वाचन आयोगमा मुद्दा हालेका छौं। सो मुद्दा निर्वाचन आयोगले हेर्दै छ। यदि त्यहाँबाट न्याय नपाए हामी अदालत जानेछौं।”
मिलन पाण्डेले बुझाएको स्पष्टीकरण: