कांग्रेसको खुला महिलातर्फको केन्द्रीय सदस्यमा डिला संग्रौलाको अग्रता
नेपाली कांग्रेसको खुला महिलातर्फको केन्द्रीय सदस्यमा डिला संग्रौलाले अग्रता लिएकी छन्।
कांग्रेस केन्द्रीय निर्वाचन समितिका अनुसार, सोमबार बिहान साढे १० बजेसम्म ७०० मत गणना भएको छ। जसमा संग्रौलाले ४१८ मत पाएकी छन्।
त्यस्तै, दोस्रो नम्बरमा रहेकी पुष्पा भुसालले ४०० मत पाएकी छन्। आरजु देउवा तेस्रो नम्बरमा छिन्। उनले ३५६ मत प्राप्त गरेको निर्वाचन समितिले जनाएको छ।
यसै गरी, ईश्वरी न्यौपानेले ३२४, अम्बिका बस्नेतले ३२२, सरिता प्रसाईंले ३२०, अनिता देवकोटाले २७६, रमा कोइरालाले २७३ र सुशीला ढकालले २६४ मत प्राप्त गरेकी छन्।
कांग्रेसको विधान अनुसार, खुला महिलातर्फ नौ जना केन्द्रीय सदस्य निर्वाचित हुनेछन्। यसका लागि ३० जना प्रतिस्पर्धामा छन्।
यसअघि कांग्रेसको खुला केन्द्रीय सदस्यको मतगणना भएको थियो। आइतबार राति सम्पन्न मतगणनामा १६ जना नयाँ केन्द्रीय सदस्य बनेका छन्।