यी हुन् खुलाबाट जितेका कांग्रेसका ३५ केन्द्रीय सदस्य, कसले कति मत पाए?
नेपाली कांग्रेसको खुलातर्फको केन्द्रीय सदस्यमा डा. शशांक कोइरालाले सबैभन्दा बढी मत पाएका छन् भने १६ नयाँ अनुहार आएका छन्।
कांग्रेस केन्द्रीय निर्वाचन समितिका अनुसार, डा. कोइरालाले ३८३६ मत पाएका छन्। त्यस्तै, दोस्रो नम्बरमा एनपी साउद छन्। उनले २९३७ मत पाएका छन्।
खुलाबाट निर्वाचित केन्द्रीय सदस्यको ३५औं नम्बरमा कृष्णकिशोर घिमिरे छन्। उनले १७०७ मत पाएका छन्। कांग्रेसको खुलातर्फ ३५ सदस्यका लागि ९९ जना प्रतिस्पर्धामा थिए।
उनीहरूमध्ये जिपछिरिङ लामा, जितजंग बस्नेत, नैनसिंह महर, कुन्दनराज काफ्ले, पद्मनारायण चौधरी, गुरु बराल, सञ्जयकुमार गौतम, गोविन्दराज पाखरेल, राजीव ढुंगाना, मदनबहादुर अमात्य, दिनेश कोइराला, गणेश लामा, अजयबाबु शिवाकोटी, मोहन आचार्य, उमेशजंग रायमाझी र कृष्णकिशोर घिमिरे नयाँ हुन्।
केन्द्रीय सदस्यमा निर्वाचित ३५ जनाको मत: