कांग्रेसको खुला केन्द्रीय सदस्यमा ३५९५ गन्दा कसको कति?
नेपाली कांग्रेसको खुलातर्फको केन्द्रीय सदस्यको ३५९५ मत गणना गरिएको छ।
कांग्रेस केन्द्रीय निर्वाचन समितिका अनुसार डा. शशांक कोइरालाले सबैभन्दा बढी २९४० मत पाएका छन्। दोस्रो नम्बरमा रहेका एनपी साउदले २२६१ मत पाएका छन्।
बालकृष्ण खाँण २२०७ मत सहित तेस्रो नम्बरमा छन् भने २१६७ मत सहित उदय शम्शेर राणा चौथो नम्बरमा रहेका छन्। रामहरि खतिवडा २१४७ मत प्राप्त गरेर पाँचौ नम्बरमा छन्।
कांग्रेसको खुलातर्फको ३५ केन्द्रीय सदस्यका लागि ९९ उम्मेदवार छन्। केन्द्रीय सदस्यका लागि परेका ४६७२ मध्ये अब १०७७ मत गणना गर्न मात्रै बााकी छ।
खुला केन्द्रीय सदस्यका उम्मेदवारले पाएको मत: