कांग्रेस खुला केन्द्रीय सदस्यको २३९३ मत गणना, कसको कति?
नेपाली कांग्रेसको खुलातर्फ केन्द्रीय सदस्यमा गएरातिसम्म २३९३ मत गणना भएको छ भने बाँकी आइतबार बिहानदेखि गणना गरिने भएको छ।
कांग्रेस केन्द्रीय निर्वाचन समितिका अनुसार आधा मत गणना हुँदा डा. शशांक कोइराला अग्रस्थानमा छन्। उनले १९७१ मत प्राप्त गरेका छन्।
डा. कोइरालालाई एनपी साउदले पछ्याइरहेका छन्। उनको १५३८ मत छ।
त्यस्तै, तेस्रो नम्बरमा रहेका बालकृष्ण खाँणको १५०७, चौथो नम्बरमा रहेका रमेश लेखकको १४५१ र पाँचौ नम्बरमा रहेका उदय शम्शेर राणाको १४५१ मत छ।
कांग्रेसमा खुला केन्द्रीय सदस्यतर्फ ३५ जना निर्वाचित हुनेछन्। जसका लागि ९९ जना प्रतिस्पर्धामा छन्। अहिलेसम्म चर्चित उम्मेदवार नै अगाडि देखिएका छन्।
निर्वाचन समितिले गएराति साढे ११ बजेपछि मतगणना स्थगित गरेको छ। आज बिहान ९ बजेदेखि फेरि मगणना हुने निर्वाचन समितिले जनाएको छ।
९९ उम्म्दवारले पाएको मत: