एमाले उपाध्यक्ष र सचिवको वरियता हेरफेर
नेकपा (एमाले) को १०औं महाधिवेशनबाट निर्वाचित उपाध्यक्ष र सचिवहरूको वरियता हेरफेर गरिएको छ।
नयाँ वरियता अनुसार ६ उपाध्यक्षमध्ये पहिलो नम्बरमा युवराज ज्ञवाली, दोस्रोमा अष्टलक्ष्मी शाक्य, तेस्रोमा रामबहादुर थापा, चौथोमा विष्णु पौडेल, पाँचौंमा सुवासचन्द्र नेम्वाङ र छैटौंमा सुरेन्द्र पाण्डे छन्। यसअघि उपाध्यक्षमध्ये पहिलोमा शाक्य र छैटौंमा नेम्वाङको वरियता रहने भनिएको थियो।
एमाले केन्द्रीय कमिटीको दोस्रो बैठकपछि जारी अन्तरपार्टी निर्देशनमा पदाधिकारीको वरियता निर्धारण गरिएको उल्लेख छ।
बैठकले सचिवहरूको वरियतामा टोपबहादुर रायमाझी, लेखराज भट्ट, गोकर्ण विष्ट, योगेश भट्टराई, रघुवीर महासेठ, छविलाल विश्वकर्मा र पद्माकुमारी अर्याललाई राखेको छ। यसअघि सचिवमध्ये तेस्रोमा महासेठ, चौथोमा विश्वकर्मा, पाचौंमा विष्ट र छैटौंमा भट्टराईको नाम थियो।
केन्द्रीय कमिटीको दोस्रो बैठकपछि जारी अपानि: