भीभोको सेल्स कार्निभल
नेपाली बजारमा आफ्ना उत्पादन बिक्री गर्न थालेकाे चौथो वर्षको उपलक्ष्यमा भीभोले सेल्स कार्निभलको आयोजना गरेको छ।
उक्त अवसरमा कम्पनीले वाई सिरिज अन्तर्गतको वाई–१५ स्मार्टफोन सार्वजनिक पनि गरेको छ। वाई–१५ स्मार्टफोनमा ५००० एमएएच ब्याट्री, साइड माउन्टेड फिङ्गर प्रिन्ट टेक्नोलोजी र डुअल ए आइक्यामेरा छ। यसमा ६.५१ इञ्चको फूल भ्यू डिस्प्ले विथ आइ प्रोटेक्सन टेक्नोलोजी समावेश गरिएको छ। सार्वजनिक गरिएको अवसरमा यसको मूल्य छूट सहित १९ हजार ९९९ तोकिएको कम्पनीले जनाएको छ।
सेल्स कार्निभलमा आकर्षक उपहारका साथै छूटको व्यवस्था पनि गरिएको छ। २९ मंसीरमा शुरू भएको कार्निभल २१ पुससम्म चल्नेछ।
सेल्स कार्निभलमा भीभोको भी २०, भी २० एसई, भी २१, भी २१ ई र वाई १२ एसको खरीदमा ल्यापटप, हेडफोन, भी २१ ई ह्यान्डसेट, ब्लूटुथ स्पीकर, इएरबडस् जस्ता उपहार जित्न सक्ने कम्पनीले जनाएको छ।
कार्निभल अवधिभर फोन खरीद गर्ने ग्राहकले निर्धारित समयभन्दा थप ६ महीना वारेन्टी पाउनेछन्।