मंगलम् इन्डस्ट्रिजको प्लम्बर्स मिट
मंगलम् इन्डस्ट्रिजले देशको विभिन्न ठाउँँमा प्लम्बर टेक्निसियनस् भेटघाट कार्यक्रम सम्पन्न गरेको छ।
नेपालगञ्जबाट शुरू भएकोे प्लम्बर–टेक्निसियनस् भेटघाट कार्यक्रम इटहरी, पोखरा र काठमाडौंमा पनि आयोजना गरिएको छ।
सबै ठाउँमा गरेर करीब एक हजार प्लम्बरको सहभागिता रहेको मंगलम् इन्डस्ट्रिजले बताएको छ।
उद्योगमा भइरहेको नयाँँ प्रगतिको बारेमा जानकारी गराउँदै पाइपिङ उद्योगमा सक्रिय प्लम्बरलाई एक–अर्कासँग भेटघाट गराउने, सूचना आदान–प्रदान गर्ने र प्लम्बरबीचको आपसी सम्बन्धलाई प्रगाढ बनाउने उद्देश्यका साथ कार्यक्रम गरिएको कम्पनीले जनाएको छ।
कार्यक्रममा मंगलम् इन्डस्ट्रिजका साथै नयाँँ योजना तथा अफरका बारेमा पनि जानकारी गराइएको थियो।