लहानमा रेनोको शोरुम
नेपालका लागि रेनल्ट गाडीको आधिकारिक वितरक एड्भान्स अटोमोबाइल्सले सिरहाको लहानमा नयाँ शोरुम स्थापना गरेको छ।
भाग्य महालक्ष्मी अटोमोबाइल्सको नामबाट सञ्चालित शोरुमबाट सेल्स, सर्भिस, स्पेयर्स पार्टस्, एसेसरिज लगायत सेवा दिइने कम्पनीले जनाएको हो।
एड्भान्स अटोमोबाइल्सका जेनेरल म्यानेजर अधिरकुमार श्रेष्ठले ग्राहकलाई उच्च गुणस्तरीय सेवा दिन प्रतिबद्ध भएको बताए। उनले भने, “गाडीको बिक्रीदर हेरेर देशभर शोरुम स्थापना गर्ने हाम्रो योजना छ।”
एड्भान्स अटोमोबाइल्सले रेनल्टका क्विड, ट्राइबर, काइगर, डस्टर लगायत गाडी उपलब्ध हुने जनाएको छ।