टोयटा राइज सार्वजनिक
नेपालका लागि टोयटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट प्रालिले एसयूभी मोडलको राइज सार्वजनिक गरेको छ।
टोयटा राइजमा २०० एमएम ग्राण्ड क्लियरेन्स, ४.९ मिटर टर्निङ रेडियस, ३६९ लिटर बुट स्पेश, फराकिलो सिटिङ लगायत विशेषता छन्। यसको अटोमेटिक भेरियन्टमा सीभीटी गियर बक्स छ।
१७ इन्चको टायर रहेको गाडीमा एप्पल कार प्ले र एन्ड्रोइड अटो विशेषता भएको ७ इन्चको डिस्प्ले छ। रियर भ्यू क्यामेरा सहितको राइजमा अगाडि र पछाडि दुई–दुईवटा सोनार सेन्सर समेत छन्।
राइजमा एबीएस, भेहिकल स्ट्याबिलिटी कन्ट्रोल, हिल असिस्ट कन्ट्रोल जस्ता प्रिमियम विशेषता छन्।
राइज १.२ लिटर म्यानुअल र अटोमेटिक तथा १ लिटर टर्बो म्यानुअल र अटोमेटिक गरी राइज चार भेरियन्टमा उपलब्ध रहेको कम्पनीले जनाएको छ। यसको मूल्य ६६ लाख ८६ हजार तोकिएको छ।