ग्रेभिस फुडसँग ज्योति ग्रुपको सहकार्य
ज्योति ग्रुपले ‘बास्किन रोबिन्स’ लाई प्रबर्द्धन गर्न ग्रेभिस फुड प्रालिसँग सहकार्य गरेको छ।
बास्किन रोबिन्स आइक्रिम ब्राण्डको नेपालभर १६ खुद्रा आउटलेट छन्। यो आइसक्रिम ११ शहरमा उपलब्ध छ। कम्पनीले ठमेल लाउन्ज पार्लरमा नयाँ आउटलेट खोलेको छ।
ज्योति समूहले सन् २०१७ मा सन इन्टरनेशनल इन्कर्पोरेट प्रालिसँग एफएमसीजी व्यवसायमा प्रवेश गरेको थियो। बास्किन रोबिन्सको ६३ देशमा ७ हजारभन्दा बढी खुद्रा स्टोर छन्।
सन इन्टरनेशनल इन्कर्पोरेट प्रालिका अध्यक्ष सौरभ ज्योतिले नेपालमा सबैभन्दा मनपर्ने आइसक्रिम ब्रान्ड बनाउन लागिपरेको बताएका छन्। उनी भन्छन्, “हाम्रो उद्देश्य सधैं गुणस्तरिय उत्पादन र उत्कृष्ट सेवा प्रदान गर्ने हाे।”