आइओएमको डीनमा डा. जगदीश अग्रवाल नियुक्त
चिकित्सा शास्त्र अध्ययन संस्थान (आइओएम)को डीनमा डा. जगदीश अग्रवाल नियुक्त भएका छन् ।
प्रधानमन्त्री निवास बालुवाटारमा १८ मंसिर बिहान बसेको त्रिभुवन विश्वविद्यालय कार्यकारी परिषद्को बैठकले आइओएमको डीनमा अग्रवाललाई नियुक्त गरेको हो ।
आजैदेखि लागु हुनेगरी वरिष्ठत्म प्राध्यापक अग्रवाललाई डीन नियुक्त गरिएको हो । निजी प्य्राक्टिस नगर्ने अग्रवाल न्युरोलोजिस्ट हुन ।
यस अघि नियुक्त डीन केपी सिंहले राजीनामा दिएपछि नयाँ डीन नियुक्तीको बाटो खुलेको थियो ।
२१ दिनदेखि अनसनरत डा.गोविन्द केसीको मागलाई सम्बाधेन गर्दै वरिष्टताको आधारमा नयाँ डीन नियुक्त गरिएको हो । डीन नियुक्तीसँगै डा.केसीको अनसन आजै तोडिने संभावना रहेको जनाएको छ ।
यसैबीच सरकारी वार्ता टोलीले डा.केसीका प्रतिनिधिहरुलाई वार्ताका लागि बोलाएको छ । अन्तिम सहमतिका लागि केहीबेरमै वार्ता हुन लागेको शिक्षा सचिव शान्तबहादुर श्रेष्ठले जानकारी दिए ।
रामु सापकोटा